logo
Logo Side Banner

आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै, देशभर सार्वजनिक विदा

News LogoSita 2 हप्ता अगाडि
87 2 minutes read

 आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । मजदुर आन्दोलनको सम्झना र मदजुरहरुको पेशागत हक अधिकारको वकालत गर्दै १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । 

सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रम संगठन एवम् श्रमिक नेताको सम्मेलनले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसकै सन्दर्भमा बुधबार नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ । यो वर्षका लागि ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नारा तय गरिएको छ । 
सन् १८८६ मा मजदुर आन्दोलन चर्किदै गर्दा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम बिस्फोट भयो । सो बम विष्फोट कसले गराएको भन्न नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि 

व्यापक दमन गरेको थियो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ । 
विश्वभर मजदुरहरुले यो दिवसलाई विशेष पर्वकारुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकुल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चिताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । 
नेपालमा भने विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ पछि यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । दिवसका सन्दर्भमा विभिन्न मजदुर संघ संगठनहरूले कार्यक्रम गरी मनाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस