logo
Logo Side Banner

नेपालले वेष्ट इण्डिजको ‘ए’ टोली विरुद्ध पहिला फिल्डिङ गर्ने

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगितामा नेपालले वेष्ट इण्डिजको ‘ए’ टोली विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । 
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निणर्य गरेका हुन् । 
टीयू मैदानमा नेपाल र वेष्ट इण्डिजबीच टी–२० शृङ्खलाको पाँच खेल हुने छ । 

नेपाल क्रिकेट संघ (क्यान) को तालिका अनुसार शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलाइने छ । दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ खेल मे ४ तारिखमा हुने छ । 
आज रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिदा वेष्ट इण्डिजको कप्तानी रोस्टन चेजले गर्दैछन्। 

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा वेष्ट इण्डिजको ‘ए’ टोलीसँग अभ्यास खेल आजबाट खेल्न लागेको हो। पहिलो पटक नेपाल भ्रमणमा मैत्रिपूर्ण खेल खेल्न आएको वेष्ट इण्डिजले पनि आगामी टी–२० विश्वकप खेल्दै छ। 

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ।  
 

प्रतिक्रिया दिनुहोस