काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जुन १ तारिखदेखि सुरु हुने टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा गरिएको छ ।
न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो । बोर्डले प्रतियोगिताका लागि टिम किट पनि सार्वजनिक गरेको छ ।
स्टार खेलाडी केन विलियम्सनले कप्तानको जिम्मेवारी पाएका छन् । एकदिवसीय विश्वकप २०२३ मा उत्कृष्ट ब्याटिङ गरेका रचिन रविन्द्र पनि टोलीमा परेका छन् । रचिन र म्याट हेनरी पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् । बेन सियर्सलाई १६ औं खेलाडीको रूपमा समावेश गरिएको छ ।
यसपटक टी–२० विश्वकपमा कुल २० टोलीको सहभागिता रहेको छ । न्युजिल्यान्ड टी २० का लागि टोली सार्वजनिक गर्ने पहिलो टिम बनेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ