logo
Logo Side Banner

स्वदेश फर्किए कतारका राजा

News LogoSita 1 हप्ता अगाडि
87 2 minutes read

नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । 
कतारका अमिर थानीलाई बुधबार दिउँसो राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा गरेका हुन् । 
बिदाई कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष,उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको समेत सहभागि थिए । 

सोहि अवसरमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तमिम विन हमाद अल थानी मङगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । 
राष्ट्रपति पौडेलले विमानस्थलको अति विशिष्ट कक्षमा उनको स्वागत गरेका थिए । विमानस्थलबाट अमिर थानी सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । 
शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीचको प्रतिनिधिमण्डलसहित द्विपक्षीय भेटवार्ता भएको थियो । र

राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलबार रात्रिभोज आयोजना थिए । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 
कतारका अमिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटवार्ता तथा दुई देशबीचको प्रतिनिधिमण्डलसँको भेटघाटपछि प्रधानमन्त्रीले आयोजना गर्नुभएको दिवाभोजमा सरिक स्वदेश फिर्ता भएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस