logo
Logo Side Banner

मेकानिक्स, व्यवसाय प्रवर्धनका लागी वर्कसप छलफल कार्यक्रम

News LogoMina Shrestha 3 महिना अगाडि
87 2 minutes read

 

गण्डकी अटो मेकानिक्स वक्र्स एशोसियसनले सदस्य वर्कसप संचालक र मेकानिक्स मजदुरका लागी वर्कसप छलफल कार्यको शुरुवात गरेको छ ।

२०४९ देखि पोखरामा शुरुवात गरीएको एशोसिएसनले मेकानिक्सको क्षमता र दक्षता अभिवृद्धि सहित विविध रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए ।

पोखरामा संचालित भएका ठुला साना ४ पाङ्गग्रे साधनको मर्मतमा कार्यरत मजदुरलाई काम जिम्मेवारी महसुस सङ्गै, सवारी साधनको वास्तविक पहिचान, मर्मतका लागी मेकानिक्सहरुलाई जिम्मेवारी बनाउन कार्यक्रम गरीएको पूर्व अध्यक्ष एंव नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले बताए ।

प्रमुख वक्ता एशोशिएसनका प्रेस सल्लाहाकार कृष्ण बहादुर थापाले वर्कसप संचालन, जिम्मेवारी सहितको सेवा मेकानिक्सहरुले गर्नुपर्ने काम, सेवाको बारेमा बताउँदै मजदुर सधै  सफा ऐनाको रुपमा हुनुपर्ने सबै मजदुरको सुरक्ष्ण एशोसिएसनले गर्नुपर्ने बताए ।

भूषन अटो पार्टस वर्कसप नयाँबजारमा भएको कार्यक्रममा संचालक भूषन, शाहले एशोसियसनबाट भएको कार्यक्रमले संचालक मजदुरलाई उर्जा सहित जिम्मेवारी बनाएको बताए ।

कार्यक्रममा एशोसियसनका सचिव सन्तोष कुर्मी, कोषाध्यक्ष निहाल अन्सारी, उपसमिति संयोजक वसन्त थापाले अनुभव राखेका थिए ।

एशोसिएसनका सदस्यहरुको सेवाका काम सहित सुख दुखका साथीको रुपमा कार्यक्रमहरुलाई निरन्तरता दिने संस्थामा हाल ३०० जना बढी सदस्य रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस