पोखरा। सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १८ सराङकोटस्थित सराङकोट धाममा श्रावण महिना विशेष कार्यक्रम हुने भएको छ ।
आशुतोष भगवान सदाशिवको अत्यन्त प्रिय महिना श्रावण भएकाले श्रावण महिनामा परेको चार वटै सोमबार विशेष कार्यक्रम गरिने धामका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।
श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । प्रत्येक सोमबार शिवपुजन, रुद्राभिषेक, भजन कीर्तन, महाआरतीसहित विभिन्न कार्यक्रम हुनेछ । साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमिकालिका र भैरवको दर्शनसमेत हुने अध्यक्ष जिसीले बताए ।
सराङकोट धाममा हुने महाआरतीमा सहभागी हुने भक्तजनलाई सराङकोट केबलकारले विशेष सहुलियत दिने घोषणा गरेको छ ।
केवलकारका महाप्रवन्धक दिनेश पौडेलका अनुसार श्रावण महिनाको प्रत्येक सोमबार दिउँसो ४ बजेपछि केबलकारमा यात्रा गर्ने भक्तजनलाई प्रतिव्यक्ति दुई सय ५० रुपैयाँ मात्र शुल्क लिइनेछ । उक्त शुल्कमा आउजाउ नै गर्न पाइने उनले बताए । पौडेलका अनुसार श्रावण महिनाभर केबलकारमा यात्रा गर्नेलाई विशेष छुट प्रदान गरिनेछ ।
२०६२ सालदेखि निर्माण शुरू भएको धाम गत वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेसँगै सञ्चालनमा आएको थियो । धाममा करिब ३५ करोडको लागतमा कैलाशेश्वर महादेवको मन्दिर, पञ्चमुखी गणेशको मूर्ति, १०८ गौमुखी धारा, शिवलिंगलगायतका संरचना निर्माण भएका छन् । धाम सञ्चालनमा आएसँगै पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ