logo
Logo Side Banner

सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घट्यो

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

हरितालिका तीजको दिन रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । शुक्रवार तीज पर्वको दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घटेर तोलाको एक लाख ५२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँ घटेर चाँदी आज तोलाको एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रवार चाँदी तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस