logo
Logo Side Banner

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

News LogoSita 3 महिना अगाडि
87 2 minutes read

पोखरा । विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्यमा सोमबार वृद्धि भएको छ । 
आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तेजावी सुन तोलाको १ लाख १७ अजार ७ सय ५० रुपैयाँ प्रतितोला तोकिएको छ । 
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको असर देखिएको हो । 
आज  चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिनसम्म प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी सोमबार १४ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस