आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच छलफल भइरहेको छ । गृहमन्त्री रमेश लेखक र व्यवसायीका प्रतिनिधिबीच छलफल भइरहेको छ ।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ अर्थात् निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएपछि समस्या समाधानका लागि छलफल भएको हो ।
आज काठमाण्डौ उपत्यकासहित देशभर बस, माइक्रोबस, ट्याम्पोजस्ता सार्वजनिक गाडी नचल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई सास्ती भएको छ । बिरामी, वृद्धवृद्धा, विद्यार्थी र कर्मचारीले अझै धेरै सास्ती खेप्नुपरेको छ ।
कोही सडक छेउमा उभिएर बसको प्रतीक्षा गरिरहेका देखिन्छन् भने कोही निजी गाडीमा चढेर र कोही पैदलै हिँडिरहेका छन् ।
यसैबीच नेपाल प्रहरीले सार्वजनिक गाडी नचल्दा सर्वसाधारणलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले आज काठमाण्डौको दुई वटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ