पर्वतको बिहादी गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू सात जना घाइते भएका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा रहेको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ गुडिरहेकाे लु १ ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको ज्यान गएको कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा ६६ युनिट रगत संकलन
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै