नेपाल विद्युत् प्राधिकरणको भूमिगत लाइन विस्तारका क्रममा हिजो बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा ३० लाख लिटर पानी सडकमा बगेर खेर गएको छ ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड९केयूकेएल० का अनुसार करिब चार घण्टा पाइपबाट लगातार पानी खेर गएको हो । २० इन्चको पाइप फुटेर पानी बग्दा बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरु जगलमग्न भएको थियो ।
केयूकेएलका अनुसार मेलम्चीबाट ल्याइएको पानी सुन्दीजलको प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमा पठाइएको ७५ किलोमिटर पाइप लाइनमा रहेको सबै पानी बबरमहल क्षेत्रमा बगेको छ ।
आज बेलुकीसम्म क्षतिग्रस्त पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी भइरहेको केयूकेएलले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित