बाँकेको नेपालगञ्जमा रहेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसका बिरामी फेला परेका छन् । नरैनापुर–१ मतहनियाकी नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा। प्रतिमा खड्काले जानकारी दिनुभयो ।
बिरामीको एक हप्तासम्म अस्पतालको ‘आईसीयू’ मा उपचार भएको र अहिले अवस्था सामान्य भएको उहाँले बताउनुभयो । यसअघि ती बालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएकोबारे भने थाहा हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो । उहाँले जापानिज इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गर्नुभयो ।
चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित