हिजो बेलुकादेखि अवरुद्ध काठमाण्डौ–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएरातिदेखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिनुभयो ।
धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्घ हुँदा काठमाण्डौबाट छुटेका तथा भित्रिदै गरेका साना ठूला सयौँ गाडी र यात्रु रोकिएका थिए । सडक खुलेपछि गाडी र यात्रु गन्तव्यतिर लागेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
                                गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
                                प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित