दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० महिला फुटबल च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । काठमाण्डौ दशरथ रङ्गशालामा आउँदो कात्तिक १ गतेदेखि कात्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनशिपको सार्वजनिक भएको खेल तालिकाअनुसार घरेलु टोली नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
साफले निकालेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले कात्तिक २ गते भुटानसँग खेल्नेछ । कात्तिक ५ गते माल्दिभ्स र कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । ‘बी’ मा नेपाल, भुटान‚ माल्दिभ्स र श्रीलङ्का रहेका छन् । तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ