logo
Logo Side Banner

तराईमा पनि कोदो उत्पादन गर्न परीक्षण शुरू

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

राष्ट्रिय जिन बैंकले बाँकेको चिसापानीमा रहेको गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण शुरू गरेको छ ।

राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण शुरू भएको सामुदायिक जिन बैंक कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ ।

गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । नौ जातका कोदो रोपिएको र तीमध्ये सबैभन्दा राम्रो उत्पादन दिने कोदो किसानलाई रोप्न प्रेरित गरिने संयोजक बस्नेतले बताउनुभयो । उहाँका अनुसार पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको कोदो परीक्षण गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस