अमेरिकाको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको छ । तीन वर्षअघि अमेरिका पुगेकी मुनाको शव हिजो उनी बस्ने अपार्टमेन्टमा भेटिएको अमेरिकी प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने हिमालय खबरले जनाएको छ ।
मुनाको छातीमा तीन वटा गोली लागेको छ । अपार्टमेन्टका अधिकारीहरूले खबर गरेपछि पुगेका एम्बुलेन्सका डाक्टरहरूले जाँच गर्दा मुनाको त्यसअघि नै ज्यान गइसकेको पाइएको हो ।
मुना गएको शनिवारदेखि नै सम्पर्कविहीन भएकी थिइन् । मुनाले नै कोठामा राखेको सर्भिलेन्स क्यामेराको भिडियोमा उनलाई ओछ्यानमै गोली हानेको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ