काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ । बढेको मूल्य बुधबारदेखि लागू भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढेको थियो ।
कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो ।
अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ । यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो।
यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पु¥याइएको छ । भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित