भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ ।
बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘आइसीसी पुरुष टि २० विश्व कप २०२४ जित्ने टीम इन्डियाको लागि १२५ करोडको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । टोलीले टूर्नामेंटभरि असाधारण प्रतिभा, दृढता र खेलकुद प्रदर्शन गरेको छ । यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई !’
टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ