logo
Logo Side Banner

‘कलेजी कटाउन्या माया’को नयाँ भर्जन सार्वजनिक

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’बाट सार्वजनिक गरिएको हो।
भिडियोमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडको कथा छ। लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्यूजिक भिडियोको दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन।

उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसँग दर्जनौं म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन। ‘कलेजी कटाउन्या माया’ मा पनि कविताले साच्चिकै लोभलाग्दो र प्रशंसायोग्य काम गरेकी छिन। त्यस्तै, जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन। चक्र भने मोडल संगसंगै गायनमा पनि सक्रिय छन।
गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको गीत र भिडियो राम्रो बनेको छ । भिडियोमा कलाकारहरुको काम तारिफयोग्य छ । गीत आजभन्दा करिव १० वर्ष अगाडि गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए । सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो ।

विशेषगरी, सुदुरपश्चिमका नौं जिल्लाहरुमा यो गीतले धेरै नै चर्चा कमाएको थियो । गीतले दर्शकको अपार सफलता र माया पाएपछी गायक औजी र थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन।  गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन। गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन।

कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहेनत झल्किन्छ। निर्माण टिमका अनुसार भिडियो दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो।
भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् । भिडियोको कन्सेप्ट पनि शानकै हो। निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन।

त्यसैगरी, मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ,सरिता मगरको मेकअप, अनुस्का डिसीको पहिरन, टौवा क्रियसनको पोस्ट डिजाईन र बुद्ध थापाको सिनेमाटोग्राफी छ ।
 

प्रतिक्रिया दिनुहोस