टी–२० विश्वकपको इतिहासमा चार पटक आमने सामने भएका भारत र इंग्ल्याण्ड आज फाइनलको लागि प्रतिस्पर्धा गर्दै
आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।
टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । जोस बटलर र एलेक्स हेल्सको कप्तानीमा रहेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई लज्जास्पद हार चखाएको थियो । टस जितेर ब्याटिङ गरेको भारतले १६९ रनको लक्ष्य दिएको थियो । इंग्ल्याण्डले १६ ओभरमै लक्ष्य पुरा गरेको थियो । २०२२ को बदला लिनका लागि भारतलाई आज मौका रहेको छ । अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ ।
टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अष्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको हो । भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर एटमा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ । उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । यसअघि पनि २०२२ मा दुवै टोली अन्तिम चारमा आमनेसामने भएका थिए जहाँ इंग्ल्याण्डको टोली जित दर्ता गर्न सफल भएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ