logo
Logo Side Banner

‘मनसरा’ शुक्रबारबाट हलमा

News LogoSita 2 हप्ता अगाडि
87 2 minutes read

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मनसरा’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । बुधबार राति ललितपुरको लबिम मलको क्यूएफएक्स हलमा प्रथम प्रदर्शन (प्रिमियर शो) सम्पन्न भएको छ । सोसल –ड्रामामा आधारित कथावस्तुमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकले उक्त चलचित्रमा सरल रुपमा बलियो गरी उठाएका छन् । 

पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई निर्देशक सुब्बाले कथावस्तुको मियोको रुपमा बलियो गरी प्रस्तुत गरेका छन् । फिल्मले दयाहाङ, मिरुना, प्रवीण र उनको श्रीमतिको भूमिका निर्वाह गरेकी मेनुकाको सम्बन्धलाई सामाजिक, जातीय र मनोवैज्ञानिक पक्षबाट देखाइएको छ । 

महिलालाई मुख्यतः सन्तान उत्पादन गर्ने वस्तुको रुपमा हेरिने नेपाली समाजमा बाँझोपनको समस्याका कारण उसले परिवार र समाजबाट भोग्नुपर्ने हेपाइँ र सामना गर्नुपर्ने अनेक सामाजिक मनोवैज्ञानिक चुनौतीलाई कथामा शसक्त रुपमा देखाइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस