अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ ।
अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौंदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो ।
ह्याकरहरूले अमेरिकी लोकतान्त्रिक संस्थाहरूलाई निशाना बनाएको दावी गरिएको छ । ह्याकरहरूले अमेरिकाका केही महत्वपूर्ण पूर्वाधार क्षेत्रहरूलाई लक्षित गरेको भन्दै अमेरिकी ट्रेजरी डिपार्टमेन्टले ती दुई व्यक्तिविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।
अमेरिकाको विदेश मन्त्रालयले यी सातै जनाको बारेमा जानकारी दिने जो कोहीलाई एक करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।
चिनियाँ सरकारसँग जोडिएका ह्याकरहरूले अमेरिकी अधिकारीहरू, पत्रकारहरू, निगमहरू, प्रजातन्त्र समर्थक कार्यकर्ताहरू र बेलायतको चुनावी निगरानीकर्ताहरूलाई लक्षित गरी ठूलो मात्रामा अपरेशन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चिनियाँ सरकारका आलोचकहरूलाई उत्पीडन गर्ने र अमेरिकी कर्पोरेशनहरूबाट डाटा चोर्ने र उच्च तहका राजनीतिक व्यक्तित्वहरूको जासुसी गर्ने उद्देश्यले सन् २०१० मा सुरु भएको थियो ।
०००
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा
गुजरातविरुद्ध टस जितेर बलिङमा नेपाल
भर्खरै प्रकाशित
नेपालमा विदेशी हस्तक्षेप बढ्यो ः अध्यक्ष लिङ्देन
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ ः प्रधानमन्त्री