logo
Logo Side Banner

पीएनजीले जित्यो त्रिदेशीय टी–२० शृखंलाको उपाधि

News LogoSita एक महिना अगाडि
87 2 minutes read

बुधबार हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा सम्पन्न खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधि कब्जा गरेको हो । 
पीएनजीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो । 

नेपालका सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका कबुआ मोरे, चाद सोपर र सेसे बाउले समान २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा आठ विकेट गुमाएर १ सय ७१ रन बनायो । 

पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।
हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियो ।

पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक÷एक अङ्क बाँडिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस