logo
Logo Side Banner

नेपालले नामिबियालाई दियो १६८ रनको लक्ष्य

News LogoSita 2 महिना अगाडि
87 2 minutes read


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासामु जितका लागि १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६७ रन मात्र बनाउन सक्यो । 
नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । 

त्यस्तै, कुशल मल्ल ३६, भीम सार्की २६, कुशल भुर्तेल १८ रनमा आउट हुँदा करण केसीले १२ रनको योगदान दिए । 
नामिबियाका लागि बर्नाड स्कोल्ट्ज र जन निकोल लोफ्टी इटनले समान चार–चार विकेट लिँदा जेरार्ड इराशमस र ज्याक ब्रसेलले समान एक–एक विकेट लिए । 
नामिबियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। यसअघि भएको खेलमा नामिबियाले नेपाललाई चार विकेट हराएको थियो । 

प्रतिक्रिया दिनुहोस