logo
Logo Side Banner

यशको ‘टक्सिक’मा शाहरुखको केमियो

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

साउथका सुपरस्टार यश आफ्नो नयाँ फिल्म ‘टक्सिक’लाई लिएर चर्चामा छन् । 
यशको फिल्म ‘केजीएफ २’ पछि उनका फ्यानहरु नयाँ फिल्मको पर्खाइमा छन् । फिल्म ‘टक्सिक’को आधिकारिक रुपमा घोषणा भइसकेको छ ।
केही समयअघि मात्र फिल्मको मोशन पिक्चर बाहिर आएको थियो, जसलाई फ्यानले निकै मनपराएका थिए । अहिले यो फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान जोडिने खबरले बलिउडको माहौल तातेको छ ।

फिल्मका निर्माताले शाहरुखसँग भेटेर फिल्मका विषयमा कुराकानी गरिसकेका छन् । शाहरुखले फिल्ममा अभिनय गर्ने या नगर्ने विषयमा केही बोलेका छैनन् । निर्माताहरु उनको उत्तरको प्रतिक्षामा छन् ।
फिल्म निकट स्रोतका अनुसार शाहरुखले फिल्ममा केमियो भूमिका गर्दैछन् । शाहरुखले पनि केमियोको कुरामा काम गर्न सक्ने जनाउ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस