काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको असामयिक निधनमा आज महानगरपालिकाल सार्वजनिक बिदा दिएको छ ।
८७ वर्षीय सिंहको निधनमा महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको हो । सिंह २०४९ सालमा भएको स्थानीय चुनावबाट काठमाण्डौ नगरपालिकाका मेयरका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकालमा २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
सिंहको पार्थिव शरीर बिहान ११ बजेसम्म नीजि निवास ठमेलको चाक्सीबारीमा राखिनेछ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा एक घण्टा राखिनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित