आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदीको २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँमा झरेको छ । अस्ति शुक्रवार पनि सुन तोलामा छ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै शुक्रवार तोलाको एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ