धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान ग्यास बुलेट सडकबाट तल खसेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
भारतीय ग्यास बुलेटमा रहेका चालक र सहचालकको अवस्था थाहा हुन सकेको छैन । बुलेट दुर्घटना भएको ठाउँ वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको एक सय नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित