घराना इभेन्ट्ससँगको सहकार्यमा राष्ट्रिय संगीतकर्मी संघ कास्कीले पोखरामा आयोजना गरेको ‘सारंगी उत्सव’ सम्पन्न भएको छ ।
उत्सवमा बाटुलेचौरस्थित झलकमान सारंगी पाठशाला र हेमजास्थित गन्धर्व सारंगी पाठशालाका प्रशिक्षार्थीले सारंगी र मादल बजाएर गीत प्रस्तुत गरेका थिए । यस्तै बाटुलेचौर, हेमजा, बडहरे र गगनगौंडाका गन्धर्व समाजले समेत आआफ्नो प्रस्तुति राखेको थियो ।
सो अवसरमा कर्खा ब्यान्डले सारंगी, मादल, गितार र ड्रम सेटको फ्यूजन गरेर झलकमान गन्धर्व, पूर्ण नेपाली, धनबहादुर गायकलगायतका गीत प्रस्तुत गरेको थियो ।
कार्यक्रममा खिमबहादुर गन्धर्वसहित लालबहादुर गायक, सम्मरबहादुर गायक, गोविन्द गायक, हरि गन्धर्व र कृष्णजी गायकलाई संघले सम्मान गरीएको छ ।
कार्यक्रममा कात्तिक १५ मा प्रदर्शन हुने चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को टोलीसमेत सहभागी थियो ।
कलाकार प्रकाश ‘सपुत’ ले यसअघिका चलचित्रमाा गन्धर्वलाई गाडी वा बाटोमा सारंगी बजाइरहेको दृश्यमा मात्रै सीमित गरिने गरेकोमा ‘पूर्णबहादुरको सारंगी’ ले गन्धर्वकै कथा र चरित्रलाई मुख्य विषयवस्तु बनाएर देखाउन खोजेको जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र सारंगी पर्यायवाचीजस्तै भएको बताए । उनले सारंगी संरक्षणमा पोखरा प्रज्ञा प्रतिष्ठानमार्फत काम भइरहेको उल्लेख गरे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ