पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ ।
पुनः म्याद थपको लागि उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । कास्कीका एसपी श्यामबावु ओलियोले उनीहरूउपर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा बुधबार रविको बयान लिइएको थियो । बयानमा रविले पोखराको सहकारीबाट ऋण नलिएको र रवि लामिछाने भनी उल्लेख भएको नाम आफ्नो नभएको दाबी गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित