महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेको थियो ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेपछि मैदानमा निर्माण अघि बढेको जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । “यसअघि पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ निर्माण गरिएको थियो”, उहाँले भन्नुभयो ।
कर्भडहलभित्र क्रिकेट मैदान निर्माण हुने स्थलमा खेलकुद विकास समितिले माछा पोखरीका लागि भाडामा दिएकाले उक्त पोखरीमा माटो भर्ने काम भइरहेको अध्यक्ष चन्दले बताउनुभयो । कभर्डहल निर्माणका क्रममा योजनाभन्दा बाहिर गएर धेरै संरचना बनेकाले क्रिकेट मैदान बनाउन समस्या भइरहेको उहाँले बताउनुभयो ।
“मैदान निर्माणका लागि दुई वर्षअघि रू एक करोड रकम आए पनि माटो भरान बाहेक अरु काम अघि बढ्न सकेको छैन”, अध्यक्ष चन्दले भन्नुभयो, “क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले मैदान निर्माणका लागि आएको रकम पोखरी भर्न खर्च भएको हो ।”
क्रिकेटका खेलाडी नरेश जोशीले भन्नुभयो, “यहाँ क्रिकेटको क्रेज भए पनि पूर्वाधार विकासमा सरोकारवाला निकायको चासो देखिँदैन ।” उहाँले अहिले पनि राष्ट्रिय टोलीमा कञ्चनपुरका दुई जना खेलाडी रहेको बताउँदै यहाँ क्रिकेट खेलाडीका लागि मैदान आवश्यक रहेकाले क्रिकेट मैदान समयमा नै निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले क्रिकेट मैदान निर्माणको काम अघि बढेको बताउनुभयो । “मैदान निर्माणका लागि रू ५० लाख बजेट आएको छ”, उहाँले भन्नुभयो, “उपभोक्ता समिति गठन भएर अहिले निर्माण सुरु गरेका छौँ ।”
यहाँ क्रिकेटका लागि मैदानका साथै अन्य भौतिक संरचना बनाउने योजना रहेपनि प्राथमिकताका साथ काम अघि बढ्न नसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । गतवर्ष मैदान निर्माणका लागि आएको रू ७५ लाख रकम फ्रिज भएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ