मध्य अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढीमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएका छन् ।
सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मैदान वर्दक प्रान्तको जलरेज जिल्लामा बाढीमा परेर १२ जनाले ज्यान गुमाएका तथा ४० जना बेपत्ता भएका छन् । बाढी प्रभावित क्षेत्रमा तत्काल सहायता परिचालन गरिएको छ । बाढीले केही स्थानमा आर्थिक क्षति पनि भएको छ ।
गत वर्षको अगष्टमा अफगानिस्तानको पूर्वी, मध्य, दक्षिणी र पश्चिमी क्षेत्रका धेरै प्रान्तमा परेको मुसलधारे वर्षाको कारण अचानक आएको बाढीपहिरामा परी एक सय ८० जनाको ज्यान गएको थियो भने कम्तीमा आठ हजार सर्वसाधारण विस्थापित भएका थिए । तीन हजारभन्दा बढी घर क्षतिग्रस्त भएका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा ६६ युनिट रगत संकलन
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै