logo
Logo Side Banner

फस्ट पोखरा ओपन इन्भिटेशनल तेक्वान्दो च्याम्पियसिप हुदै

News Logoसराङ्गकोट खवर एक बर्ष अगाडि
87 2 minutes read

पोखरा । पोखरामा पहिलो पटक खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुदै छ ।

अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सहआयोजनामा यहि डिसेम्वर ३० र ३१ मा उक्त प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिएका छन्.

उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशभरीका करिव २ सय ५० जना भन्दा बढी खेलाडीहरुले सहभागिताजनाउनेछन्।
सोहि खेलाडीहरुले प्याट्रन तर्फ पहेँलो ,हरियो ,हरियो ,निलो ,निलो ,रातो पेटीको लागि प्रतिस्पिर्धा हुने छ ।

त्यसैगरि स्पाईरिङ्ग तर्फ २०-२५ ,३०-३५, २५-३०,३५-४० ,३०-३५ , ४०-४५ , ३५-४० , ४५-५० , ४०-४५ , ५०-५५ , ४५-५० , ५०-५५ , ५५-६० , ६० के.जी. तौल समुहमा प्रतिस्पिर्धा हुने संयोजक बुढामगरको भनाई छ ।

खेल पर्यटन मार्फत पोखरालाई प्रवद्धन गर्ने,प्रतिभावान खेलाडीहरुको पहिचान, खेलाडीहरुको थप स्तर अभिवृद्धि तथा कदर गर्ने,सफल तथा असल खेलाडी बन्ने हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रम पोखरा १ स्थित अञ्जुली मा.वि.को.प्राङ्गणमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस