logo
Logo Side Banner

भारतको दक्षिणी राज्यहरुमा समुन्द्री चक्रवातले जनजीवन अस्तव्यस्त

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

डिसेम्बर २ मा बङ्गालको खाडीबाट उत्पत्ति भएको मिचोङ्ग नामक शक्तिशाली चक्रवाती तुफान बनेपछि दक्षिण र उत्तर भारतका धेरै राज्यहरू प्रभावित भएका छन् । 

विशेषगरी तमिलनाडु र पन्डुचेरी चक्रवातका कारण सबैभन्दा बढी प्रभावित भएका स्थानिय समाचार संस्थाहरुले जानकारी दिएका छन् । 

तमिलनाडुको चेन्नईमा वर्षाका कारण भिषण बाढी आएको छ । बाढिले अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । पानी जमेपछि चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द गरिएको छ ।
चेन्नइमा भीषण वर्षापछि आएको बाढीमा परि पाँच जनाको मृत्यु हुनुका साथै लाखौँको धनमालमा क्षति भएको छ । 

भारतको मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट उत्पत्ति भएको चक्रवात आन्ध्र प्रदेश र तमिलनाडुको तटमा पुगेको छ । 
आँधीको प्रभाव ओडिशा, तमिलनाडु, आन्ध्र प्रदेश, तेलंगाना र पन्डुचेरीमा रहने विभागको भनाई छ । 

आन्ध्र प्रदेश, तमिलनाडु र पन्डुचेरीमा आज र तेलंगानामा डिसेम्बर छ का लागि रेड अलर्ट जारी गरिएको छ । 
ओडिशामा डिसेम्बर छ को लागि ओरेन्ज अलर्ट छ । यी राज्यहरूमा एसडीआरएफ र एनडीआरएफ टोलीहरू तैनाथ गरिएको छ । अहिलेसम्म त्यहाँ २०४ रेल र ७० उडान रद्द भएका छन् ।
आँधीका कारण तमिलनाडुको महाबलीपुरम बीचमा समुद्रको सतह करिब ५ फिटले बढेको छ ।
तमिलनाडुका पानी आपूर्ति मन्त्रीका अनुसार चेन्नई शहरमा ७०–८० वर्षमा पहिलो पटक यस्तो वर्षा भएको हो । आइतबारदेखि सोमबार बिहान ८ः३० बजेसम्म चेन्नईमा १२ सेन्टीमिटर वर्षा भएको छ । कतिपय क्षेत्रमा २० देखि २२ सेन्टिमिटरसम्म वर्षा भएको छ । 

मिचोङग चक्रवात सन् २०२३ मा बंगालको खाडीमा बन्ने चौथो र हिन्द महासागरमा छैटौं आँधी हो ।
अत्यावश्यक सेवा बाहेक तमिलनाडुमा सोमबार र मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

आँधीलाई ध्यानमा राख्दै पन्डुचेरी सरकारले पनि अलर्ट जारी गरेको छ ।  पन्डुचेरीको समुद्री क्षेत्र वरिपरि धारा १४४ लगाइएको छ । ३ डिसेम्बर साँझ ७ बजेदेखि ५ डिसेम्बर साँझ ६ बजेसम्म तटीय क्षेत्रमा नजान सर्वसाधारणलाई निर्देशन दिइएको छ । तेलंगाना प्रशासनले पनि आँधीको बारेमा रेड अलर्ट जारी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस