पश्चिम नेपालका भूकम्प पीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज नेपाल आइपुगेको छ ।
चीनले २६ करोड बराबरको विभिन्न सामान पीडितका लागि नेपाललाई हस्तान्तरण गरेको हो ।
भूकम्प पीडितका लागि चाइना सरकारले घोषणा गरेको राहत सामग्री आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राती गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका दुई जिल्लामा ठूलो मानविय र भौतिक क्षति गरेको छ ।
भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित